सुदूरपश्चिम प्रदेशमा बजेट प्रस्तुतिमा ढिलाइः बैठक दुई घण्टा पछाडि सरियो

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज (असार १) साँझ ५ बजे बजेट सार्वजनिक गर्ने तयारी गरे पनि प्रदेशसभा बैठक दुई घण्टापछि सारिएको छ। अब साँझ ७ बजे बस्ने बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्नेछन्। बैठक सारिएको सूचना प्रदेशसभा सचिवालयले जारी गरेको हो।

CP Hospital Dhangadhi

सचिवालयका युवराज जैशीका अनुसार सरकारको अनुरोधपछि बैठक सारिएको हो। स्रोतका अनुसार बजेटको तयारी अधुरै भएकाले बैठक सारिएको हो। एक मन्त्रीले स्टेटसेभेनसँग भने, “हिजो रातभरि बजेट तयारीमै व्यस्त थियौं, अहिले मन्त्रीहरू निदाएका छन्। म पनि सुतेको छु, अर्थमन्त्रीज्यू पनि सुत्नुभएको छ।”

Attariya Hospital

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ जस्तै आकारको बजेट ल्याउने तयारी गरेको छ। यस वर्ष ३१ अर्ब ६२ करोडको बजेट ल्याइएको थियो। अर्थमन्त्री थापाले शुक्रबार प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार हालसम्म आठ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च भएको छ। चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख रुपैयाँ खर्च नभएको देखिएको छ भने तीन अर्ब ८५ लाख रुपैयाँ राजस्व घाटा रहेको छ।

nawajiwan