
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हालै रुससँग भएको आदानप्रदान कार्यक्रमअन्तर्गत रुसले आफ्ना २० जना सैनिकको शव युक्रेन पठाएको बताएका छन्। उनले यो घटनाले रुसलाई आफ्ना मृतक र घाइते सैनिकहरूको उचित व्यवस्थापन गर्न असक्षमता रहेको संकेत गरेको दाबी गरेका छन्।

पठाइएका शवहरूमध्ये एक जना इजरायली नागरिकको शवसमेत रहेको जानकारी दिइएको छ। यद्यपि, अधिकारीहरूले मृतकहरूको पहिचान भने सार्वजनिक गरेका छैनन्। जेलेन्स्कीका अनुसार, रुसले कतिपय शवहरू युक्रेनी सैनिकका भन्दै फ्याँक्ने गरेको र त्यस क्षेत्रमा उनीहरूको राहदानी समेत भेटिने गरेको छ। केही राहदानी मस्को क्षेत्रका नागरिकको भएकोसमेत उनले उल्लेख गरे।
इस्तानबुलमा सुरु भएको शान्ति वार्ता प्रक्रिया यतिबेला स्थगन अवस्थामा पुगेको छ। जेलेन्स्कीका अनुसार, वार्ताको दोस्रो चरणमा दुबै देशले ६/६ हजार घाइते तथा मृतक सैनिकको आदानप्रदान गर्ने सहमति जनाएका थिए। तर यति ठूलो संख्यामा शवको पहिचान प्रक्रिया चुनौतीपूर्ण हुने भन्दै युक्रेन चिन्तित देखिएको छ।


जेलेन्स्कीले रुसले शान्ति वार्ता गर्न चाहेकोजस्तो देखाए पनि वास्तविक उद्देश्य वार्ता लम्ब्याएर अमेरिका र अन्य राष्ट्रहरूको असन्तुष्टिबाट बच्न खोज्नु भएको आरोप लगाए। उनले रुसका राष्ट्रपति पुटिन अझै पनि युद्ध जित्नेमा आशावादी रहेको र वार्ता अघि बढाउने विषय युक्रेनका लागि अब पेचिलो बनेको बताए।
पश्चिम एसियाको जटिल अवस्थाले युक्रेनी युद्धमा पनि असर पार्न सक्ने चेतावनी उनले दिएका छन्।






























