इरानको भूमिगत आणविक भट्टीमा अमेरिकी बंकरभेदी बम वर्षा, इरानको परमाणु योजना कति प्रभावित?

Image
Nisarga Hospital

अमेरिकाले इरानको गहिरो पहाडमुनि रहेको फर्दो आणविक परियोजनामा ३० हजार पाउन्ड तौल भएका ६ वटा शक्तिशाली जिबियू–५७ बंकरभेदी बम खसालेको छ। अमेरिकी बि–२ बमवर्षक विमानमार्फत गरिएको आक्रमणपछि फर्दो परियोजना पूर्ण रूपमा ध्वस्त हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ।

CP Hospital Dhangadhi

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीको संकेत आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत दिएका छन्।
इजरायलले पछिल्ला दुई हप्तामा इरानका अन्य परियोजनाहरूमा आक्रमण गरे पनि अपेक्षित क्षति नपुगेपछि अमेरिकाले आफैं हस्तक्षेप गरेको अनुमान गरिएको छ।

साथै, अमेरिका र इसराइलको संयुक्त रणनीतिअनुसार नतान्ज र इस्फहानमा पनि टमाहक क्रुज मिसाइलमार्फत आक्रमण गरिएको छ। यी तीनवटै परियोजना इरानको आणविक हतियार निर्माणको केन्द्र मानिन्छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विश्लेषकहरूका अनुसार यस्ता आक्रमणले इरानको परमाणु बम निर्माण क्षमतालाई कम्तीमा ९ महिनासम्म पछाडि धकेलेको छ।
तर, फर्दोको कंक्रिट संरचना कति गहिरो छ र बमले कति असर पुर्‍यायो भन्ने विषयमा स्पष्ट जानकारी आउन बाँकी छ।

Dhnagadhi & Krishanapur