कतारस्थित अमेरिकी सैन्य अड्डामाथि इरानको मिसाइल आक्रमण, क्षेत्रीय तनाव चर्किंदै

Image
Nisarga Hospital

इरानले सोमबार राति कतारको राजधानी दोहानजिकै रहेको अमेरिकी सैन्य अड्डा ‘अल उदेद एयर बेस’मा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकाबाट सम्भावित आणविक हमला रोक्न जवाफी कारबाहीस्वरूप यो प्रहार गरिएको जनाएको छ।

CP Hospital Dhangadhi

इरानी सरकारी नजिकको तस्निम समाचार एजेन्सीले यस कारबाहीलाई “विजयको घोषणा” भन्दै प्रचार गरेको छ। अलजजीराको हवाला दिँदै एजेन्सीले इरानले चेतावनी स्वरूप उक्त हमला गरेको उल्लेख गरेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार दोहाको आकाशमा ठूलो ज्वालासँगै विस्फोटको आवाज सुनिएको थियो।

कतारस्थित अमेरिकी र बेलायती दूतावासले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आपतकालीन सूचना जारी गरेका छन्। कतार सरकारले हवाई क्षेत्र अस्थायीरूपमा बन्द गर्दै आपतकालीन सुरक्षा योजना लागू गरेको जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अल उदेद बेस मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो, जहाँ १० हजारभन्दा बढी अमेरिकी सैनिक र १०० भन्दा बढी युद्धविमान तथा ड्रोन परिचालित छन्। यस अड्डालाई अमेरिकी सेनाको केन्द्रीय कमाण्डको अग्रिम मुख्यालयका रूपमा इराक, सिरिया र अफगानिस्तानमा सञ्चालन हुने सैन्य रणनीतिको केन्द्र मानिन्छ।

यस आक्रमणले अमेरिकी सैन्य उपस्थिति र सुरक्षामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषकहरूको भनाइ छ। अमेरिकी रक्षा मन्त्रालयले घटनाबारे औपचारिक प्रतिक्रिया दिइसकेको छैन।

कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले इरानी कारबाहीलाई कठोर शब्दमा निन्दा गर्दै कतारको सम्प्रभुता र अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको आरोप लगाएका छन्। उनले हमला पूर्वै बेस खाली गरिएकाले मानवीय क्षति नभएको जानकारी दिएका छन्।

Dhnagadhi & Krishanapur