ट्रम्पको दाबी: इरान–इजरायल युद्ध रोकिँदै, युद्धविरामको संकेत

Image
Nisarga Hospital

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामका लागि तयार भएको दाबी गरेका छन्। नेपाली समयअनुसार मंगलबार बिहान ४ बजेअघि सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले युद्धविराम लागू हुन ६ घण्टामात्र बाँकी रहेको उल्लेख गरेका हुन्।

CP Hospital Dhangadhi

ट्रम्पका अनुसार बन्दीहरुको मुक्तिसँगै युद्धविरामको प्रक्रिया सुरु भइसकेको छ र २४ घण्टाभित्र औपचारिकरूपमा युद्ध अन्त्यको घोषणा गरिनेछ।

तर, इजरायल र इरान दुबै देशले हालसम्म युद्धविरामको औपचारिक पुष्टि गरेका छैनन्। विश्लेषकहरूले ट्रम्पको अभिव्यक्तिलाई व्यक्तिगत राजनीतिक प्रचारको रूपमा पनि हेरेका छन्।

यसैबीच, फक्स न्युजलाई दिएको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार बनाउन नसक्ने निष्कर्षपछि युद्धविराम सम्भव भएको बताएका छन्।

यद्यपि, युद्धविरामको वास्तविकता पुष्टि नभएसम्म यसलाई कूटनीतिक पहलको संकेत वा रणनीतिक दावीको रूपमा हेरिएको छ।

Dhnagadhi & Krishanapur