
अत्तरियाः प्रभु बैङ्कले गोदावरी नगरपालिका–३ मालाखेतीस्थित नवज्योति माध्यमिक विद्यालयलाई सूचना तथा प्रविधि (ICT) शिक्षाको सुरुआत सँगै प्रभावकारिताको लागि स्मार्ट टि भी हस्तान्तरण गरेको छ।

विद्यालयका तर्फबाट प्रधानाध्यापक बसन्ती भट्टलाई स्मार्ट टि भी हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै उनले विद्यालयको प्रविधिमा पहुँच अभिवृद्धिका लागि प्रभु बैङ्कले पुर्याएको योगदानप्रति आभार व्यक्त गरिन्।


विद्यालय परिवारले आगामी दिनमा पनि यस्ता सहयोगी संस्थाबाट निरन्तर सहयोगको अपेक्षा गर्दै धन्यवाद व्यक्त गरेको छ। कार्यक्रममा सहभागिता जनाउने सबैलाई विद्यालय व्यवस्थापन समितिले विशेष कदर गरेको जनाएको छ। यस कार्यले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल शिक्षातर्फ अभिप्रेरित गर्ने विश्वास लिइएको छ।


































