दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

Image
Nisarga Hospital

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा घाँस काट्ने क्रममा भीरबाट लडी एक महिलाको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

सोही ठाउँकी ३५ वर्षीया मानमती बडु शुक्रबार भीर पाखामा घाँस काट्ने क्रममा लडी भीरमा अड्किएकी थिइन् । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो ।

Attariya Hospital

तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको थप विवरण संकलन कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

nawajiwan