भारतको पञ्चायत निर्वाचनका कारण दार्चुलासँग जोडिएका नाका ७२ घण्टाका लागि बन्द

Image
Nisarga Hospital

दार्चुला: भारतको उत्तराखण्ड राज्यमा हुने पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै दार्चुलासँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। मंगलबार बिहानदेखि आगामी साउन ८ गतेसम्म निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्मका लागि नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

CP Hospital Dhangadhi

भारतको उत्तराखण्डमा साउन ८ र १२ गते दुई चरणमा ग्राम, क्षेत्र र जिल्ला पञ्चायतको निर्वाचन हुँदैछ। निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुवै देशका स्थानीय प्रशासनबीचको समन्वयमा सीमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।

Attariya Hospital

दार्चुलाको लाली, बाकु, जौलजिवी, दत्तु, खलंगा पुलघाट, बडूगाउँ, तिग्रम, मल्घट्टे, मालघाट र सितापुल नाका भारतसँग जोडिएका छन्, जसलाई अस्थायी रूपमा बन्द गरिएको हो।

nawajiwan