दार्चुलामा जंगली स्यालको आक्रमण, ४ जना घाइते

Image
Nisarga Hospital

दार्चुला: दार्चुलाको ब्यास गाउँपालिका–६ मा जंगली स्यालको आक्रमणबाट ४ जना स्थानीय घाइते भएका छन्।

CP Hospital Dhangadhi

आइतबार दिउँसो घर नजिकैको वनमा घास काट्ने क्रममा स्यालले आक्रमण गर्दा बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँकी ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिए।

स्थानीयका अनुसार ४ दिनअघि पनि जयबहादुर बमलाई स्यालले आक्रमण गरी घाइते बनाएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आइतबार घाइते भएकाहरुलाई ब्यास–६ खातीगाउँस्थित ग्रामीण स्वास्थ्य इकाइमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल खलंगा ल्याइयो। त्यहाँबाट थप उपचारका लागि धनगढी रिफर गरिएको स्थानीय रमेश भट्टले बताए।

Dhnagadhi & Krishanapur