
सोमबार नेपाली बजारमा सुनको मूल्यमा कमी आएको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कायम भएको छ। आइतबार यसअघि सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ प्रतितोला थियो।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

































