एमालेको सांगठित सदस्य संख्या साढे ६ लाख नाघ्यो

Image
Nisarga Hospital

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सांगठिनक प्रतिवेदनअनुसार पार्टीका कुल ६ लाख ६२ हजार ९६१ संगठित सदस्य रहेका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनअनुसार सदस्यमध्ये २ लाख ५८ हजार १६ महिला र ४ लाख ५७ हजार १४५ पुरुष छन्। प्रदेशगत विवरणमा मधेश प्रदेश सबैभन्दा अगाडि छ, जहाँ १ लाख ५६ हजार सदस्य छन्। कर्णाली प्रदेश भने सबैभन्दा कम ४७ हजार ६४७ सदस्य भएको प्रदेश हो।

Attariya Hospital

कोशीमा १ लाख ४७ हजार १०, बागमतीमा १ लाख १६ हजार ४९९, लुम्बिनीमा ८० हजार ३५२, सुदूरपश्चिममा ६३ हजार ११०, गण्डकीमा ५५ हजार ५१२ र उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१ सदस्य रहेका छन्।

nawajiwan

प्रवासमा भारतमा १ हजार ७५२ र तेस्रो मुलुकमा ४ हजार ६२० सदस्य छन्। केन्द्रीय कार्यालयमा मात्रै ८५० संगठित सदस्य रहेको उल्लेख छ।