जेन-जी प्रदर्शनमा १८ जनाले ज्यान गुमाए, २५६ घा!इते; काठमाडौंसहित विभिन्न अस्पतालमा उपचार हुदै

Image
Nisarga Hospital

सोमबार सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध देशभर भएको जेन–जी युवाहरूको प्रदर्शन हिंसात्मक बनेपछि १८ जनाको मृत्यु र २५६ जनाभन्दा बढी घाइते भएका छन्।

CP Hospital Dhangadhi

काठमाडौंमा १६ जनाको मृत्यु भएको छ भने उपत्यकाबाहिरका जिल्लाहरूमा प्रदर्शनकारी घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कर्फ्यू जारी रहँदा पनि प्रदर्शनकारी सडकमा उत्रिएका थिए। संघीय संसद भवनमा प्रवेश प्रयास गर्दा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या बढेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार उपचार भइरहेको अस्पतालहरू यस प्रकार छन्:

nawajiwan
Attariya Hospital
  • सिभिल अस्पताल: ३ मृतक, १०० घाइते (१५ गम्भीरलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर)

  • ट्रमा सेन्टर: ८ मृतक, ४९ घाइते

  • वीर अस्पताल: ६ घाइते

  • एभरेष्ट अस्पताल: ३ मृतक, ३४ घाइते (७ गम्भीर)

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: ४ घाइते

  • केएमसी: २ मृतक, ३२ घाइते (६ गम्भीर)

  • त्रिवि शिक्षण अस्पताल: १ मृतक, १८ घाइते

  • नर्भिक अन्तर्राष्ट्रिय अस्पताल: ३ घाइते

काठमाडौं बाहिर: पोखराको गण्डकी अस्पतालमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, झापाको दमकमा ७ घाइते उपचाररत छन्। भर्खरै इटहरीमा पनि प्रहरीले गोली चलाउँदा २ प्रदर्शनकारीको मृत्यु भएको छ।

कुल मिलाएर प्रदर्शन हिंसात्मक हुँदा ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या निरन्तर बढिरहेको छ।