निर्वाचन आयोगले फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन गर्ने कार्यतालिका स्वीकृत, यस्तो छ समय तालिका

Image
Nisarga Hospital

निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने कार्यतालिका स्वीकृत गरेको छ। सोमबार बसेको आयोगको बैठकले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया र समयसारिणीलाई औपचारिक रूपमा स्वीकृति दिएको हो।

CP Hospital Dhangadhi

स्वीकृत कार्यक्रम अनुसार मंसिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता प्रक्रिया सञ्चालन हुनेछ। समानुपातिक प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र पुस १८ र १९ गते बन्दसूची पेश गरिनेछ।

Attariya Hospital

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार अवधि रहनेछ। त्यसपछि प्रचार निषेध लागू हुनेछ।

nawajiwan

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गरिने र मतपेटिका संकलनपछि दुवै प्रणालीतर्फ मतगणना सुरु गरिनेछ। आयोगले निर्वाचन प्रक्रिया सहज र निष्पक्ष बनाउन राजनीतिक दल तथा सरोकारवालासँग निरन्तर परामर्श र सहकार्य गर्ने जनाएको छ। साथै, निर्वाचनमा भाग लिन इच्छुक दलहरूले कात्तिक ३० अगावै आयोगबाट दल दर्ताको प्रमाणपत्र लिनुपर्ने सूचनासमेत जारी गरिएको छ।