
नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वटा पार्टीबीच भएको एकतालाई नेपालको राजनीतिक इतिहासकै अविस्मरणीय घटना बताएका छन्। बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा उनले यो दिन नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक बनेको बताए।

प्रचण्डले देशका समस्या समाधानका लागि सबै घटकहरू एउटै विचारमा जुटेको भन्दै नयाँ शक्ति निर्माणको विश्वास व्यक्त गरे। उनले भने, “यो केवल एकताको लागि होइन, देशका सङ्कट समाधानका लागि बनेको एकता हो, जुन इतिहास अब कसैले मेटाउन सक्दैन।”
त्यसैगरी, उनले डिजिटल प्लेटफर्ममार्फत जेन–जी पुस्ताले गरेका विद्रोह र आन्दोलनलाई समर्थन गर्दै उनीहरूको भावना आत्मसात गरेर पार्टीलाई नयाँ दिशामा अघि बढाउने प्रतिबद्धता जनाए।







































