नेपाली सेनामा ३६०० नयाँ पदमा भर्ना, सफाइकर्मीदेखि सूचीकारसम्म दरखास्त आह्वान (सूचना सहित)

Image
Nisarga Hospital

नेपाली सेनामा ३६०० नयाँ पदमा भर्ना खुल्यो। जंगी अड्डाले सैनिक, ट्रेड फलोअर्स र अन्य पदका लागि दरखास्त आह्वान गरेको छ। उपत्यका पृतना नारायणहिटीका लागि ३५०, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी ७५, भक्तपुर सूर्यविनायक रणशेर गण १००, सुनसरी इटहरी पूर्वी पृतना २०० र सुर्खेत श्री उत्तर पश्चिम पृतना हेडक्वार्टर ४२५ जना माग गरेको छ।

CP Hospital Dhangadhi

सफाइकर्मी, लोहाकार, केशकर्त, सूचीकार, चर्मकर्मी जस्ता पदका लागि पनि आवेदन खुला गरिएको छ। सैनिक पदमा कक्षा ८ उत्तीर्ण हुनु अनिवार्य छ। SEE वा सोभन्दा माथिको प्रमाणपत्र भएका उम्मेदवारले न्यूनतम GPA १.६ हुनु पर्नेछ। कक्षा ८ प्रमाणपत्र पेश गर्नेले न्यूनतम GPA २ र कुनै विषयमा D+ भन्दा कम नहुने हुनुपर्नेछ।

Attariya Hospital

ट्रेड फलोअर्स पदका लागि साधारण लेखपढ गर्न सक्नेले आवेदन दिन सक्नेछन्। इच्छुक नेपाली नागरिकले कात्तिक २८ देखि मंसिर २७ सम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर मंसिर २८ देखि पुस ५ सम्म आवेदन दिन सकिनेछ। दरखास्त दस्तुर खुलातर्फ १५०, समावेशीतर्फ २०% थप, र ट्रेड पदका लागि १०० रुपैयाँ तोकिएको छ। आवेदनका लागि तोकिएका भर्ना छनौट कार्यालयमा आफैं उपस्थित हुनुपर्नेछ।

nawajiwan