बझाङमा यूनाइटेड मिसन टु नेपालको सामाजिक लेखा परीक्षण सम्पन्न

Image
Nisarga Hospital

यूनाइटेड मिशन टु नेपाल बझाङको सामाजिक लेखा परीक्षण गरिएको छ । आ.व. २०८१÷८२ मा विभिन्न संघ संस्था सँगको साझेदारीमा सञ्चालन भएका परियोजना अन्तर्गत कार्यक्रमहरूको प्रगति, खर्च र उपलब्धिहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

CP Hospital Dhangadhi

युएमएनलले प्रगतिशील युवासमाज ,दलित सहयोग समाजसँगको साझेदारी बुङगल नगरपालिका लैङ्गिक समानताको लागी समान व्यवहार र जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना मा काम गदै आएको छ भने थलारा गाउँपालिकामा बिपद् जोखिम व्यवस्थापन,जीविकोपार्जन,मानसिक स्वास्थ्य शिक्षा परियोजनाहरू सञ्चालन गदै आएको छ । १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको उपचार परियोजना भने दुबै पालिकामा लागु रहेको छ ।

विभिन्न परियोजनाबाट १० हजार ७ सय ८६ जना लाभान्वित भएका छन् जसमा ६ हजार ९ सय ८७ महिला, ३ हजार १ सय ३० पुरुष र २ सय ४२ अपाङ्गता भएका व्यक्ति छन् । कार्यक्रममा परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ तथा आगामी योजना बारे सरोकारवाला बीच छलफल भएको थियो ।

nawajiwan

कार्यक्रममा सहभागीहरूले परियोजना लागु भएपछि समाजमा रहेको विभिन्न भेदभाव छुवाछुत , कुप्रथा कम भएको , मानसिक समस्या भएका व्यक्तिहरू व्यवसायी भएको बताएका छन् । अझै उत्पादन गरेका सामग्रीहरूको बजार पाउन समस्या भएकाले बजारीकरण गरी दिन सम्बन्धित निकालाइ आग्रह गरेका छन् ।

Attariya Hospital

यता आफ्नो मन्तव्य राख्दै थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले युएमएनले राम्रा काम गरीरहेको र पालिकाले पनि हातेमालो गदै अगाडी बढिरहेको बताउनुभयो । संस्थाको समय सकिने भएकाले सरकार र संस्थाको बाटो देखाउने काम भएकाले व्यवसायी उद्यमीहरूले अनुदानको भर पर्नु भन्दा पनि आत्मनिर्भर हुदै उत्पादन देखाएर काम गर्नुपर्ने बताउनुभयो । आफूले पालिकामा व्यवसाय गरीरहेका सबैको सामाग्री बजारीकरणमा पनि सहयोग गरीरहेकोले उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

यता जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले अनुगमनमा जादा संस्थाले गरेको काम प्रभावकारी देखिएको बताउनुभयो ।

यता क्लस्टरका टिम लिडर मोहन चन्द्र भण्डारीले युएमएनले रूपान्तरित समावेशी समाज निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको धारणा राखेको छ । सहभागीहरूबाट आएकाले आगामी दिनमा सुझाबहरू लाइ सम्बोधन गदै अगाडी बढ्रने बताउनुभयो ।

युएमएन क्लस्टरका टिम लिडर मोहन चन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा रहनु भएको थियो । कार्यक्रममा थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकाया ,बुङगल नगरपालिका उप प्रमुख धन बहादुर बोहरा, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सामाजिक लेखा परीक्षण कार्यक्रमको सहजिकरण पत्रकार वसन्त प्रताप सिंहले गर्नु भएको थियो ।

युएमएनले जिल्लामा बिगत १५ वर्ष देखि निरन्तर विभिन्न विषयगत क्षेत्रहरूमा सामुदायिक विकासका परीयोजनाहरू सञ्चालन गदै आइरहेको छ ।