अत्तरीयाको सुप समावेशी बिद्यालयमा स्वास्थ्य परिक्षण र सामग्री वितरण

Image
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ विश्व स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस–२०२५ (Universal Health Coverage Day) को अवसरमा कैलालीको अत्तरीयास्थित सु.प. समावेशी विद्यालयमा विशेष स्वास्थ्य कार्यक्रम सम्पन्न गरेको हो। ‘‘महँँगो उपचार खर्चबाट दिक्क नागरिक’’ भन्ने नारासहित आयोजित कार्यक्रम २०८२ मंसिर २६ गते सम्पन्न भएको थियो।

CP Hospital Dhangadhi

oplus_32
nawajiwan

स्वास्थ्य कार्यालय धनगढी, कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट तथा सूचना अधिकारी मिन बहादुर धामी संगै गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, स्वास्थ्य प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

oplus_0

विद्यालयको मध्यम आर्थिक अवस्था र विद्यार्थीहरूको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी चिसोयाममा जोखिम बढ्ने स्वास्थ्य समस्याबाट जोगाउन विविध गतिविधिहरू सञ्चालन गरियो। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना सत्र, तथा स्वच्छता सामग्री वितरण गरी उनीहरूलाई थप सचेत र सुरक्षित बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Attariya Hospital
oplus_0

चिसो मौसमका कारण स्वास्थ्य जोखिम बढ्ने भएकाले कम्बल, बाल्टी, जग, डस्टबिन, रुमाल लगायतका सामग्री वितरण गरिएको सूचना अधिकारी धामीले बताए। उनका अनुसार, फरक क्षमता भएका विद्यार्थी तथा विद्यालय समुदायका लागि न्यानो सामग्री र सरसफाइ उपकरण अत्यन्त उपयोगी हुने भएकाले विशेष प्राथमिकताका साथ हस्तान्तरण गरिएको हो।

oplus_32
oplus_0

स्वच्छता तथा स्वास्थ्य सामग्रीहरू विद्यालयका प्रधानाध्यापक देवी साउदलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। प्रधानाध्यापक साउदले विद्यालयलाई प्राप्त सहयोगले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा र सरसफाइ स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालयलाई निरन्तर साथ दिँदै आएको स्वास्थ्य कार्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रहनुपर्ने आवश्यकता औँल्याए।