प्रेम नेपालीको गौरी भट्टसँग ‘आउनु जानै बन्द’ बजारमा (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरिया: गायक तथा पत्रकार प्रेम नेपालीको नौलो डेउडा गीत ‘आउनु जानै बन्द’ बजारमा सार्वजनिक भएको छ ।प्रेम नेपाली र चर्चित डेउडा गायिका गौरी भट्टको स्वर रहेको उक्त गीत प्रेम नेपाली अफिसियल युट्युबबाट बुधबार सार्वजनिक भएको हो ।

CP Hospital Dhangadhi

प्रसिद्ध गीतकार श्रष्टा राजेन्द्र शाह ‘बिपी’ को शब्द तथा सँगीत रहेको गीत मधुमाला रेकर्डिङ्ग स्टुडियोमा तयार पारिएको हो ।श्रृङ्गार तथा रौद्र रसयुक्त भावनाले ओतप्रोत गीतको एरेञ्ज दीपक संगम बिसीले गरेका हुन् ।चर्चित निर्देशक भीम थापाको निर्देशनमा टेक बिष्ट र रेखा भट्ट लगाएतको आकर्षक अभिनय रहेको गीतको खप्तड फिल्मसले दृश्य निर्माण गरेको हो ।व्यस्त छायाँकार अमृत उपाध्यायले छायाँङ्कन गरेको गीतमा मेकअप मेनुका साउँदको रहेको छ ।

Attariya Hospital

फुलेको बाबरी फूल, रिनले प्रदेशी भया, बाडुलीका घुट्का, काँ गै रानी चडा लगाएत चर्चित गीतका गायक प्रेम नेपालीले नयाँ गीत ‘आउनु जानै बन्द’लाई पनि माया गरिदिन दर्शक श्रोतालाई आग्रह गरेका छन् ।यस गीतबाट आफुलाई गायन क्षेत्रमा अँझै स्थापित गर्ने उनले विश्वास लिएका छन् ।

nawajiwan