एमाले ११औं महाधिवेशन : सुदूरपश्चिमबाट उपमहासचिवसहित २५ नेता केन्द्रीय कमिटीमा निर्वाचित

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेको केन्द्रीय कमिटीमा एक पदाधिकारीसहित २५ जना नेताहरू निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनबाट तत्कालीन सचिव लेखराज भट्ट उपमहासचिवमा विजयी भएका हुन्।

CP Hospital Dhangadhi

माओवादी–एमाले एकीकरणपछि बनेको नेकपाबाट विभाजनपछि पनि एमालेमै रहेका भट्टले पाँच जना उम्मेदवारबीचको प्रतिस्पर्धामा सर्वाधिक एक हजार ४५२ मत प्राप्त गर्दै उपमहासचिवमा बाजी मारे। उनीसँगै रघुवीर महासेठले एक हजार ३६८ र योगेश भट्टराईले एक हजार ३४८ मत पाए।

यसअघि केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी सम्हालेका भट्टलाई संस्थापन पक्षले सचिवका रूपमा प्रस्ताव गरे पनि उनले उम्मेदवारी नदिएपछि उपमहासचिवमा प्रतिस्पर्धा गरेका थिए। कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने भट्टको जितलाई सुदूरपश्चिमका लागि महत्वपूर्ण मानिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सचिव पदमा संस्थापन पक्षका सबै उम्मेदवार विजयी हुँदा इतर समूहबाट उम्मेदवार बनेका बाजुराका कर्णबहादुर थापा पराजित भए। यद्यपि, थापा केन्द्रीय सदस्यमा भने एक हजार २६ मतसहित निर्वाचित भएका छन्।

भूगोल, महिला र युवा क्लस्टरमार्फत सुदूरपश्चिमबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। युवातर्फ बैतडीका गोविन्द गिरी, महिलातर्फ कैलालीकी कमलाकुमारी ओली र लिलाकुमारी भण्डारी विजयी भए। खुला भूगोलतर्फ डोटीका चक्रबहादुर मल्ल, डडेलधुराका पठानसिंह बोहरा, अछामका यज्ञबहादुर बोगटी, बैतडीका लिलाधर भट्ट र बाजुराका सहदेव बोगटी निर्वाचित भएका छन्।

यस्तै, सुदूरपश्चिमबाट थप १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। युवातर्फ बाजुराका नरेश रोकाया सर्वसम्मत निर्वाचित हुँदा बैतडीका दामोदर भण्डारी, कैलालीका झपटबहादुर रावल र सन्तोषकुमारी शर्मा थापा, बाजुराका लालबहादुर थापा, अछामका झपट बोहरा, कञ्चनपुरकी कमला बोहरा, दार्चुलाका गणेशसिंह ठगुन्ना, कञ्चनपुरकी निरुदेवी पाल, बझाङका ऐन महर, कृपाराम राना, कैलालीका गौरीशंकर चौधरी, बझाङका अफिलाल ओखेडा र आशा विकलगायत निर्वाचित भएका छन्।

Dhnagadhi & Krishanapur