कारागारबाट मुक्त भएपछि पार्टी कार्यालयमा भव्य स्वागत, आजै रास्वपाको केन्द्रीय समिति बैठक

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा उनलाई स्वागत गर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

बाजागाजा, नाराबाजी र उत्साहपूर्ण माहोलका बीच लामिछानेलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको हो। भैरहवा कारागारबाट छुटेपछि उनी हिजो मात्र काठमाडौं आइपुगेका थिए। त्यसपछि आज औपचारिक रूपमा पार्टी कार्यालयमा स्वागत कार्यक्रम आयोजना गरिएको हो।

स्वागत कार्यक्रममा सहभागीहरूले लामिछानेलाई फूलमाला लगाएर अभिनन्दन गरेका थिए भने पार्टीप्रति जनसमर्थन अझै बलियो रहेको सन्देश दिएका थिए। पार्टी नेतृत्वसँगै कार्यकर्ताहरूले उनलाई फेरि सक्रिय भूमिकामा देख्न पाउँदा खुशी व्यक्त गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

रास्वपाका अनुसार स्वागत कार्यक्रमपछि आजै केन्द्रीय समिति बैठक बस्नेछ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति तथा संगठनात्मक गतिविधिबारे छलफल हुने जनाइएको छ। पार्टीले आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

Dhnagadhi & Krishanapur