सामाजिक विकास कार्यालयद्वारा बझाङका बिभिन्न बिद्यालयमा असल अभिभावकत्व सम्बन्धी अभिमुखिकरण

Image
Nisarga Hospital

बझाङः जिल्लाका बिभिन्न विद्यालयमा असल अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरीएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा बझाङका पाच पालिकाका बिभिन्न सामुदायिक विद्यालयहरूमा असल अभिभाकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

CP Hospital Dhangadhi

मंसिर १४ गते खप्तडछान्ना गाउपालिका वडा नम्बर १ मा रहेको शैलेश्वरी माबी बाट सुरु गरिएको अभियान , तल्कोट गाउँपालिकाका ३ को अम्मर आधारभुत विद्यालय, केदारस्यु गाउपालिका ७ को महादेव आधारभुत विद्यालय, छबिसपाथीभेरा गाउपालिका बान्निचौर माबी , जयपृथ्वी नगरपालिका ११ को धौल्देउ आधारभुत विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ ।


आ व २०८२ ८३ को कार्यक्रम अर्न्तगत सानै छुु म बढ्न देउ ,बाल बिबाह होइन पढ्रन देउ भन्ने नारा सहित पालिका सँग समन्वय गरेर उक्त कार्यक्रम सञ्चालन गरीएका्‌ सामाजिक विकास कार्यालयका प्रमुख प्रयाग राज जोशीले बताउनुभयो । विद्यार्थी विद्यालयमा भन्दा अभिभावकहरू सँग बढी समय रहने भएको र अभिभावक नै पहिलो पाठशाला भएकाले अभिभावकलाई अभिमुखीकरण गरिएको उहाको भनाइ छ ।

nawajiwan
Attariya Hospital

विद्यालयमा अभिभाबक, शिक्षक र विद्यार्थीहरूको उपस्थितमा अभिभावकमा सकारात्मक सोचमा विकास गरी बालविवाह कमी ल्याइ शिक्षाको गुणस्तर जाँचबुझ गर्न, बालबालिकाको उमेर अनुसारको विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न , बालबालिकाको उमेर अनुसारको सर्वाङ्गीण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रम गरिएको थियो ।

सहभागी अभिभावकहरूले अहिले बालविवाह मागी भन्दा मोबाइलले गर्दा भागेर हुने गरेको बताएका छन् । अभिभावक सबै सचेत रहेको भएपनि प्रविधिले गर्दा भागेर गर्ने विवाहको दर बढ्दै गएकाले न्यूनिकरण गर्न समस्या भैरहेको गुनासो गरेका छन् । सामाजिक विकास कार्यालयका प्रमुख जोशीले प्रविधिले संसार नै आगनमा ल्याएकोले प्रविधिबाट सकारात्मक र ज्ञानपरक कुरा सिक्न अनुरोध गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रा स पे्रम साउद, व्यवस्थापन सहायक गोविन्द सार्की पत्रकार लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।