
साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

सुनको मूल्य निरन्तर बढ्दै जाँदा चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ रहेको थियो, जसअनुसार चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको उतारचढाव, विश्वव्यापी आर्थिक अनिश्चितता तथा सुरक्षित लगानीतर्फ लगानीकर्ताको आकर्षण बढ्नु मूल्य वृद्धिको मुख्य कारण मानिएको छ। मूल्य वृद्धि भए पनि विवाह तथा चाडपर्वको सिजन नजिकिँदै जाँदा बजारमा सुनचाँदीको माग भने कायमै रहेको व्यवसायीहरू

































