सुदूरपश्चिममा प्रादेशिक पुल सूचना व्यवस्थापन प्रणाली सम्पन्न, पुल व्यवस्थापन डिजिटल बन्दै

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा पक्की पुलसम्बन्धी प्रादेशिक पुल सूचना व्यवस्थापन प्रणाली सफलतापूर्वक सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा धनगढीमा प्रदेशभर निर्माण हुने मोटरेबल पुलको व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न गरिएको हो।

CP Hospital Dhangadhi

स्थानीय सडक पुल सहयोग इकाई (LRBSU) को प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयका २० जना इन्जिनियर तथा प्राविधिकहरूको सहभागिता रहेको थियो। तालिममा पुलको तथ्यांक व्यवस्थापन, अनलाइनमार्फत प्रतिवेदन जाँच, विगत र भविष्यका पुललाई व्यवस्थित गर्ने प्रक्रिया तथा समयमैत्री र वातावरणमैत्री व्यवस्थापनका विषयमा व्यवहारिक प्रशिक्षण दिइएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रदेशभरका पुललाई एउटै अनलाइन प्लेटफर्ममा आबद्ध गरी जहाँबाट पनि कर्मचारीको पहुँच हुने व्यवस्था मिलाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जनाइएको छ। प्रदेश स्थापना पश्चात् सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म करिब ५० वटा साना–ठूला पुल निर्माण गरिसकेको छ।

कार्यक्रममा बोल्दै भौतिक सचिव विष्णु भण्डारीले पुलसम्बन्धी तथ्यांक एकीकृत प्रणालीमा राख्न सके भविष्यमा पुल निर्माण र व्यवस्थापन थप सहज हुने उल्लेख गरे। धनगढीस्थित रुबस होटलमा सम्पन्न तालिमपछि पुल प्रतिवेदन जाँच, ठेक्का व्यवस्थापन र निर्माण कार्य प्रभावकारी हुने विश्वास व्यक्त गर्दै तालिम संयोजक हरिशंकर जोशीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।

तालिम सहभागी योगेन्द्र अधिकारीले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै पुलको तथ्यांक खोज्न र व्यवस्थापन गर्न सहज हुने अनुभव साझा गरे।

Dhnagadhi & Krishanapur