राष्ट्रियसभा निर्वाचनमा चार दलबीच सिट बाँडफाँट टुंगियो,कांग्रेस-एमाले ७/७, नेकपा ३ र जसपा नेपाललाई १ सिट

Image
Nisarga Hospital

आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने करिब निश्चित भएको छ। कांग्रेस–एमालेले समान रूपमा ७–७ सिट, नेकपाले ३ र जसपाले १ सिट लिनेगरी सहमति अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

CP Hospital Dhangadhi

उनका अनुसार सिट संख्यामा सहमति भए पनि क्लस्टर मिलाउन बाँकी छ। साँझसम्म सबै विषय टुंग्याइने बताउँदै लेखकले नेकपा र जसपाले अझै पूर्ण रूपमा चित्त नबुझाएको उल्लेख गरे।

कांग्रेसले सुरुमा ८ सिट मागे पनि ७ सिटमा सहमत भएपछि नेकपालाई पनि चित्त बुझाउन प्रयास भइरहेको छ। नेकपाले ४ र जसपाले २ सिट माग गर्दै आएका छन्। माघ ११ गते राष्ट्रियसभाका १८ सिटमा निर्वाचन हुँदैछ भने उम्मेदवारी दर्ता बुधबार हुने निर्वाचन आयोगले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur