रास्वपा कार्यालयमा ऐतिहासिक भेट : रवि–बालेनको आत्मीय अंगालोले दर्शक भावुक

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयमा रवि लामिछाने र बालेन शाहबीच ऐतिहासिक र भावुक भेट भएको छ। काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट औपचारिक रूपमा राजीनामा दिएपछि बालेन सिधै पार्टी कार्यालय पुगेका थिए। सभापति रवि लामिछानेले बालेनलाई आत्मीय अंगालोमा स्वागत गरे, जसले हजारौँ समर्थकको भीडलाई भावुक बनाएको थियो।

CP Hospital Dhangadhi

पार्टी कार्यालय वरिपरि जम्मा भएका समर्थकहरूले “परिवर्तन चाहियो”, “सुशासन जिन्दाबाद” र “बालेन–रवि जिन्दाबाद” जस्ता नाराहरू लगाउँदै उत्साह व्यक्त गरेका थिए। भेटपछि रवि लामिछानेले बालेनको निर्णयलाई साहसिक र ऐतिहासिक कदम भएको बताए भने बालेनले जनताको भरोसा र समर्थनकै कारण यो निर्णय लिएको बताएका छन्।

विश्लेषकहरूका अनुसार, रवि र बालेनको भेटले रास्वपाको नेतृत्वमा मात्र नभई राष्ट्रिय राजनीतिमा पनि नयाँ अध्याय सुरु हुने संकेत दिएको छ। यस ऐतिहासिक क्षणले पार्टीभित्र एकता र राजनीतिक उत्साह थप बलियो बनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur