प्रचण्डको विप्लवलाई आग्रह: “आत्मसमिक्षा गर्दै नेकपामा आउनुहोस्, स्वागत तयार छ”

Image
Nisarga Hospital

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा, विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई समायोजन गर्दै प्रचण्डले भने, “कम्युनिष्ट एकतामा नआए पछिसम्म पछुताउने अवस्था आउँछ।”

CP Hospital Dhangadhi

समाजवादी मोर्चा समयमै विप्लवलाई एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको भए पनि जेनजी आन्दोलनपछि उनका नेतृत्वमा बैचारिक अन्यौल सिर्जना भएको उनले बताए। प्रचण्डले थपे, “कुनै आवेगमा होइन, राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिष्ट घटकलाई एकता गरेर शक्ति आर्जन गर्न आवश्यक छ। आत्मसमिक्षासहित आए भने स्वागत छ।”

Attariya Hospital

देश असहज अवस्थामा रहेकाले एकताबद्ध भएर अभियानमा जानुपर्ने भन्दै उनले अन्य कम्युनिष्ट घटकलाई पनि एकतामा सामेल हुन आह्वान गरे। विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल लगायतका नेताहरू पनि नेकपामा प्रवेश गरिसकेका छन्।

nawajiwan