अरुले उम्मेदवारलाई दुश्मन ठान्छन्, म अभाव, गरिबी, भ्रष्टाचार र विभेदलाई ठान्छु- दिपक साउँद

Image
Nisarga Hospital

अछामः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार दिपक साउँदले अछामको समृद्धि नै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन्। अछाम क्षेत्र नं. १ अन्तर्गत विभिन्न स्थानीय तहमा घरदैलो कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन्।

CP Hospital Dhangadhi

उम्मेदवार साउँदले अछामी जनताका आधारभूत आवश्यकता अनुसार नीति तथा कार्यक्रम अघि बढाएर जिल्लालाई समृद्धिको बाटोतर्फ लैजाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, जिल्लाको स्वास्थ्य र शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने, गरिबी अन्त्य गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास र प्रभावकारी प्रचार-प्रसार गर्ने, सडक सञ्जाल स्तरोन्नति गर्ने, जस्तापाता रहित विद्यालय निर्माण गर्ने तथा युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गरी देशमै रोजगारी सिर्जना गर्नु आफ्नो प्रमुख एजेन्डा भएको बताए।

nawajiwan
Attariya Hospital

त्यस्तै, खेलमैदान निर्माण, सेती लोकमार्ग सुचारु गराउने र हाल सेती हुँदै महाकाली गरि पुनः सेती फर्किन करिब १८ घण्टा लाग्ने समस्याको स्थायी रुपमा समाधान गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।

“मैले जनताका दुःख, पीडा र कष्ट नजिकैबाट नियालेको छु। अब ती समस्या संसदमा पुगेर बलियो रूपमा उठाउनेछु,” साउँदले भने।
उनले अछामी जनताले नेताहरूलाई चिनाएको भए पनि नेताहरूले अछामलाई सिंहदरबारसम्म चिनाउन नसकेको आरोप लगाउँदै आफूले अछामको आवाज केन्द्रसम्म पुर्‍याउने दाबी गरे।

“जनताको सबैभन्दा ठूलो दुश्मन भोकमरी, गरिबी, विभेद र भ्रष्टाचार हो। तर अन्य दलहरूले उम्मेदवारलाई नै दुश्मन ठान्छन्,” उनले भने, “म उम्मेदवारलाई होइन, अभाव, भोकमरी, भ्रष्टाचार र विभेदलाई दुश्मन ठान्छु।”
यी सबै समस्याको अन्त्य गर्दै अछाममा समृद्धिको यात्रा सुरु गर्ने हुटहुटी आफूमा रहेको भन्दै उनले फागुन २१ गते परिवर्तनको पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरे।