सुन–चाँदीको भाउमा गिरावट, तोलामा ३ हजारले घट्यो सुन

Image
Nisarga Hospital

काठमाडौं: नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघले जनाएको अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १ सय २५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो।
हाल १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ६७ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital