
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य गिरावट देखिएको छ। महासंघले जनाएअनुसार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य हो।

त्यस्तै, सुन प्रतिदस ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्यमा भने हल्का गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ, जबकि अघिल्लो दिन ५ हजार ६० रुपैयाँ रहेको थियो।
प्रतिदस ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। बजारमा सुन स्थिर रहँदा चाँदीमा आएको सामान्य घटबढले लगानीकर्ता तथा व्यवसायीको ध्यान तानेको छ।






































