नेपाली बजारमा सुनचाँदीको मूल्य फेरी उकालो लाग्यो : तोलामा ५,६०० रुपैयाँसम्म वृद्धि

Image
Nisarga Hospital

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ५ हजार ६०० रुपैयाँले वृद्धि भई छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँ थियो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ, जुन गत शुक्रबार ५ हजार ७४० रुपैयाँ थियो। प्रतितोला २४५ रुपैयाँले बढेको हो।

अन्तरराष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य उकालो लागेको छ। सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ५ हजार २७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) ९४ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur