फागुन २१ निर्वाचनअगाडि सुरक्षा ‘हाइ अलर्ट’: गृहमन्त्री नेतृत्वमा उच्चस्तरीय अनुगमन

Image
Nisarga Hospital

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अनुगमनमा निस्किएको छ। टोलीमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसहितका उच्च अधिकारी सहभागी छन्।

CP Hospital Dhangadhi

उच्चस्तरीय प्रतिनिधिमण्डलले बाँके, बझाङ, बाजुरा र धनगढीमा मतदान केन्द्रको स्थलगत निरीक्षण गरी निर्वाचन सुरक्षा, मतदानको वातावरण र सुरक्षा बलको तयारी जाँच गर्नेछ। गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलका अनुसार टोलीले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने र निर्वाचनको सम्पूर्ण प्रक्रिया निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन पहल गर्नेछ।

यसअघि टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा जिल्ला सुरक्षा समिति, राजनीतिक दल र मतदान अधिकृतसँग छलफल गरी समग्र निर्वाचन तयारीको मूल्याङ्कन गरेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सरकारले निर्वाचनअघि, निर्वाचनको अवधिमा र मतपत्र सुरक्षित गर्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत योजना २०८२’ अन्तर्गत प्रभावकारी रणनीति तय गरेको छ। यसरी सुरक्षा बल र प्रशासनिक तयारीलाई बलियो बनाएर निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न गराउने लक्ष्य राखिएको छ।

यो कदमले निर्वाचनमा आम नागरिकको विश्वास बढाउने र मताधिकार सुरक्षित राख्ने प्रयासलाई मजबुत बनाएको बताइएको छ।

Dhnagadhi & Krishanapur