
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएसँगै नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। मध्यराति सकिएको अन्तिम मतगणनाअनुसार ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।


उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशी ले १५ हजार ८३६ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्त ले ८ हजार ९३६ मत ल्याएका छन्।
त्यस्तै नेकपा का उम्मेदवार लक्ष्मण दत्त जोशी ले ३ हजार ६५ मत प्राप्त गरेका छन्।
































