कैलालीको गोदावरीमा नारी दिवस अवसरमा फोहोरमैला व्यवस्थापन सचेतना कार्यक्रम

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नम्बर ४, बास्कोटामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फोहोरमैला व्यवस्थापन सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गोदावरी नगरपालिका एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ISWM) को प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी ECOLAB परियोजना तथा च्याम्पियन ग्रुप बास्कोटाको संयोजनमा आयोजन गरिएको थियो।

CP Hospital Dhangadhi

कार्यक्रम बास्कोटा सामुदायिक वन कार्यालयबाट सुरु भई विभिन्न टोल र गल्लीहरूमा माइकिङ्ग मार्फत फोहोरमैला व्यवस्थापनबारे जानकारीमूलक सचेतना फैलाइएको थियो। यस क्रममा समुदायलाई फोहोर वर्गीकरण, पुनःप्रयोगयोग्य र जैविक फोहोर छुट्याउने तरिका, र फोहोर संकलन गर्ने गाडीमा मात्रै फोहोर फाल्न प्रेरित गरिएको थियो।

Attariya Hospital

महिलाहरूको सक्रिय समूह च्याम्पियन ग्रुप बास्कोटाले समुदायमा सकारात्मक सोच फैलाउन र सफाइ अभियानमा सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको कार्यक्रमका सहभागीहरूले बताए। यस कार्यक्रमले नारीको नेतृत्वमा वातावरणीय सचेतनामा नयाँ पहल गरेको छ।

nawajiwan