गगन थापाले नेपाली कांग्रेस सभापति पदबाट राजीनामा दिने संकेत, उपसभापति शर्माले रोक्न सुझाव

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने संकेत दिएका छन्। नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँग भएको छलफलमा थापाले आफूले पद त्याग्नु उचित हुने कुरा राखेका थिए।

CP Hospital Dhangadhi

उपसभापति शर्माले भने चुनावी पराजयको सूक्ष्म समीक्षा गरेर पार्टीलाई सम्हाल्नुपर्ने सुझाव दिएका छन्। उनी सभापति पदबाट राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुर्‍याउन नचाहने बताएका छन्।

फागुन २१ को चुनावमा सभापति थापासहित कांग्रेसका सबै प्रमुख पदाधिकारी पराजित भएका थिए। पार्टीले १८ सिटमा मात्र जित हासिल गरेको थियो। महाधिवेशनबाट नयाँ कार्यसमिति आएको ५० दिनमै आएको यो परिणामले पार्टीभित्र रणनीति र नेतृत्वको समीक्षा आवश्यक भएको देखाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यो कदमले कांग्रेसभित्र नेतृत्व र भविष्यको रणनीतिमाथि नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur