कैलालीमा बिद्यार्थीलाई झोला वितरण, शिक्षा प्रोत्साहनमा जन्मदिन उत्सव

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका वडा न. ७, जमुनानगर, कैलालीस्थित श्री दुर्गा भवानी माध्यमिक बिधालयका बिद्यार्थीलाई ५५ थान झोला वितरण गरिएको छ। मकाउमा रोजगारीरत बिना अधिकारीले आफ्नो जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नेबजाएमा बिद्यार्थीलाई पढाइप्रति उत्साहित बनाउने उद्देश्यले झोला प्रदान गर्नुभयो।

CP Hospital Dhangadhi

हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजे र कोसाध्यक्ष लक्ष्मी बोगटी कुँवरको रोहवरमा यो कार्यक्रम सम्पन्न भएको थियो। समाजसेवी लोक राज पाण्डे (आगो), बिधालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर बोगटी, शिक्षक–शिक्षिकाहरु र बिद्यार्थीहरुको उपस्थितिमा झोला वितरण गरिएको थियो।

nawajiwan
Attariya Hospital

कार्यक्रमका वक्ताहरुले बिद्यार्थीलाई पढाइमा प्रोत्साहित गर्ने र जन्मदिनमा शैक्षिक सामाग्री सहयोग गर्नु सराहनीय कार्य भएको उल्लेख गर्दै आभार व्यक्त गरेका थिए। बिना अधिकारीले आगामी दिनमा पनि गरिब, बिपन्न र जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।