
कैलालीको अत्तरियामा रहेको प्लानेट भिटी मन्टेश्वरीले तेस्रो वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मनाएको छ। बिहीबार मन्टेश्वरीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्री–स्कुलका विद्यार्थीहरू, अभिभावक र विद्यालयसम्बद्ध व्यक्तिहरू सहभागी थिए।

कार्यक्रममा प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजीका उत्कृष्ट विद्यार्थीहरू र विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो। यससँगै अभिभावक तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानित गरियो। विद्यार्थीहरूले गीत, नृत्य, नाटक र अन्य प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
विद्यालयले यस कार्यक्रममार्फत विद्यार्थीहरूको सृजनशीलता प्रोत्साहित गर्नुका साथै अभिभावकसँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्य राखेको जनाएको छ। कार्यक्रमले मन्टेश्वरीको शिक्षा क्षेत्रमा योगदान र समर्पणलाई पनि सम्मान गरेको थियो।































