सिमेन्ट–डण्डी मूल्य बढ्यो, इसराइल–इरान द्वन्द्वका कारण बजारमा असर

Image
Nisarga Hospital

बजारमा सिमेन्ट र डण्डीको मूल्य पछिल्ला केही दिनमा बढेको छ। ठेकेदार सविन मगरका अनुसार, पिपिसी सिमेन्ट ६८० बाट ६९० रुपैयाँ र ओपिसी सिमेन्ट ७८० बाट ७९० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

डण्डीको मूल्य पनि प्रतिकिलो ९५ रुपैयाँबाट १०५ रुपैयाँ पुगेको छ। यस वृद्धिको मुख्य कारण इसराइल–इरानबीचको द्वन्द्व मानिएको छ। सविनले बताएअनुसार, मूल्य अहिले घट्ने सम्भावना कम छ र द्वन्द्व बढे थप मूल्य वृद्धिको जोखिम रहन्छ।

नेपालमा निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) प्रयोग हुन्छ। छिटो सुक्ने विशेषताका कारण ओपिसी चाँडो निर्माण सम्पन्न गर्न उपयुक्त हुन्छ भने पिपिसी लामो समयसम्म ढलान सुरक्षित राख्न प्रयोग गरिन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बजारमा सिमेन्ट र डण्डीको मूल्य वृद्धिले घरनिर्माण, भवन आयोजना र ठेक्का कार्यमा खर्च बढ्ने सम्भावना देखिन्छ। ठेकेदार र उपभोक्ताले मूल्य बढेको अवस्थालाई ध्यानमा राखेर योजना बनाउनुपर्ने सल्लाह दिइएको छ।

Dhnagadhi & Krishanapur