
जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा गएराति ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। नेपालगञ्जबाट बझाङतर्फ सिमेन्ट बोक्दै आएको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक सडकबाट २५ मिटर तल खसेको थियो।

घाइतेमा चालक ३६ वर्षीय कृष्ण विष्ट, २५ वर्षीया निर्मला विष्ट र उनका दुई छोरा अभिषेक (७) र प्रयान्स (४) रहेका छन्। सबैलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रहरीले दुर्घटनाको कारण खुलेको नसकेको जानकारी दिएको छ र थप अनुसन्धान जारी रहेको बताइएको छ। दुर्घटनाले ट्राफिकमा अवरोध सिर्जना भए पनि तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। स्थानीय प्रशासनले पनि सडक सुरक्षा उपाय कडा गर्न सुझाव दिएको छ।






























