
कैलालीको अत्तरियामा विगत चार दिनदेखि सञ्चालन हुँदै आएको शिवशक्ती बालाको आयुर्वेदिक शिविर प्रशासनले रोक्यो। प्रारम्भमा निःशुल्क सेवा दिने भन्दै प्रचार भए पनि पछि शुल्क लिइएको उजुरी आएपछि जिल्ला प्रशासनले हस्तक्षेप गरेको हो। शनिबारदेखि नमस्ते होलटमा बसेर शिविर सञ्चालन गर्दै आएका बालालाई मंगलबार बिहान फर्काइएको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दका अनुसार, अनुमति पत्र देखाउन नसक्दा र औषधि तथा इन्ट्रि शुल्क बढी लिएको गुनासो आएपछि प्रशासनले बन्द गर्न निर्देशन दिएको हो। शिविरमा उपचार सुरु भएपछि होटल बाहिर समेत ठूलो भिड लागेको थियो। उनका अनुसार बालाले यसअघि कैलालीको सुक्खडमा पनि शिविर सञ्चालन गरेका थिए। चैत १४ सम्म बस्ने कार्यक्रम भए पनि प्रशासनको रोकपछि उनले तुरुन्तै अत्तरिया छोडेका हुन्।

यस घटनाले स्थानीय प्रशासन र स्वास्थ्य सेवाप्रदायकको जिम्मेवारी, अनुमति प्रक्रिया र शुल्क लिने व्यवस्थापनको महत्वलाई पुनः उजागर गरेको छ।
































