कैलालीको मोहन्यालमा बाटोमै शिशुको जन्म, दुर्गम स्वास्थ्य पहुँचको चुनौती बन्दै

Image
Nisarga Hospital

कैलालीको मोहन्याल गाउँपालिका–३ बुढीआमकी २२ वर्षीया दुर्गा बिकले स्वास्थ्य केन्द्र पुग्न नपाउँदै बाटोमै शिशु जन्माएकी छन्। सोमबार सुत्केरी व्यथा सुरु भएपछि परिवारले उनलाई फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्र लैजाँदै थिए। तर दुर्गम बाटो र जंगलको कारण दुर्गाले बाटोमै शिशु जन्माउनुपर्यो।

CP Hospital Dhangadhi

घटनाबारे जानकारी पाएपछि स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीसहितको टोली एम्बुलेन्स लिएर तत्काल घटनास्थल पुगेको थियो। टोलीले आमा र नवजात शिशुलाई उद्धार गरी आवश्यक प्राथमिक उपचार प्रदान गरेको थियो। स्वास्थ्य केन्द्रमा सामान्य हेरचाहपछि दुवैको अवस्था ठिक रहेको पुष्टि भएको छ र उनीहरूलाई डिस्चार्ज गरिएको छ।

Attariya Hospital

यस घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अभावको वास्तविकता झल्काएको छ। यस्ता क्षेत्रमा महिलाहरूले अझै पनि जोखिमपूर्ण सुत्केरी अवस्था भोग्नुपर्ने चुनौती जारी छ, र तत्काल पहुँचयुक्त स्वास्थ्य सेवाको आवश्यकता देखिएको छ।

nawajiwan