अत्तरियाको गुराँस एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य विदाई

Image
Nisarga Hospital

अत्तरिया स्थित गुराँस एकेडेमीले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाई गर्दै भावुक वातावरण सिर्जना गरेको छ। कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रम भव्य र आकर्षक रूपमा सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

विद्यालयका संस्थापक अध्यक्ष डम्बर बहादुर कडायतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्राचार्य प्रेमबहादुर बिष्ट, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडायतले विद्यालयले प्रदान गरेको अनुशासन, सीप र व्यवहारिक ज्ञानलाई जीवनभर उपयोग गर्न विद्यार्थीहरूलाई प्रेरित गरे।

त्यसैगरी प्राचार्य बिष्टले विद्यालयप्रतिको सम्बन्धलाई निरन्तर कायम राख्दै भविष्यमा सफलताको शिखर चुम्न शुभकामना व्यक्त गरे। उनले सिकेका सकारात्मक मूल्य र सीपलाई जीवनमा आत्मसात गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य र रचनात्मक कार्यक्रममार्फत कक्षा १० का विद्यार्थीलाई विदाई गरेका थिए। विद्यालयले यस्तो कार्यक्रमले विद्यार्थीबीच आत्मीयता, सम्मान र सहकार्यको भावना थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।