आज चैते दसैँ: नव दुर्गा भगवतीको पूजा र शक्ति आराधनाको पर्व

Image
Nisarga Hospital

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ। वर्षमा चार नवरात्र पर्छन्, तर असोज र चैत्र शुक्ल पक्षका नवरात्र प्रचलित छन्। चैत्र नवरात्रमा अष्टमी र नवमी विशेष महत्व राख्छन्। अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई रामनवमीको रूपमा मनाइन्छ, जसमा लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्तिका लागि देवी–देवतासँग आशीर्वाद लिनु प्रमुख उद्देश्य हो।

CP Hospital Dhangadhi

काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा विशेष पूजा हुने गर्छ। उपत्यका बाहिर पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीमा पनि आराधना गरिन्छ।

Attariya Hospital

यस पर्वमा परिवारका सदस्यबीच जमघट हुने परम्परा छ। धार्मिक विश्वास अनुसार शक्तिपीठमा गई पूजा आराधना गरेमा मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने मानिन्छ। चैत्र नवरात्र र चैते दसैँ धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण पर्व मानिन्छ, जसले नेपाली समाजमा श्रद्धा र मेलमिलापको भावना बलियो बनाउँछ।

nawajiwan