कैलालीको भासु भिरमा दर्दनाक दुर्घटना : वडा सदस्यको ज्यान गयो

Image
Nisarga Hospital

अत्तरियाः चुरे गाउँपालिका वडा नं. ५ का ४७ वर्षीय वडा सदस्य दुर्गा अर्खालीको भासु भिरबाट लडेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय फल्टुडेका इन्स्पेक्टर किशोर जोशीका अनुसार उनी भिरबाट खसेर ज्यान गुमाएका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

अर्खाली घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवार र छिमेकीहरूले खोजतलास गरेका थिए। खोजीका क्रममा उनलाई भिरबाट लडेर मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। घटनापछि गाउँमा शोक छाएको छ।

nawajiwan