ओली–लेखक पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन घोषणा

Image
Nisarga Hospital

Communist Party of Nepal (UML) ले अध्यक्ष K P Sharma Oli र पूर्वगृहमन्त्री Ramesh Lekhak को पक्राउलाई प्रतिशोधपूर्ण भन्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा उपाध्यक्ष Ram Bahadur Thapa को अध्यक्षतामा बसेको सचिवालयको आकस्मिक बैठकले चार बुँदे निर्णय गर्दै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो।

CP Hospital Dhangadhi

बैठकपछि महासचिव Shankar Pokharel ले ओली र लेखकको गिरफ्तारीलाई पूर्वाग्रही तथा गैरकानुनी कदमको संज्ञा दिए। एमालेले उक्त घटनाको निन्दा, भर्त्सना र विरोध गर्ने स्पष्ट पारेको छ।

पार्टीले आमजनसमुदाय, नागरिक समाज तथा लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै आन्दोलनलाई सशक्त बनाउने जनाएको छ। यसैबीच, काठमाडौँको चाबहिल क्षेत्रमा नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन्। ओलीलाई शनिबार बिहान भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

एमालेका निर्णयअनुसार आज अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन हुनेछ। साथै, चैत १५ गते व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ। पार्टीले संवाद र सहकार्यलाई समेत प्राथमिकतामा राख्दै आन्दोलनलाई देशव्यापी बनाउने संकेत दिएको छ।

Dhnagadhi & Krishanapur