नेपाली बजारमा हवाई इन्धनको मूल्यमा दोब्बर वृद्धि, पेट्रोल, डिजेल यथावत्

Image
Nisarga Hospital

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य उल्लेख्य रूपमा वृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य यथावत् राख्दै हवाई इन्धनमा मात्र वृद्धि गरिएको हो। निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ पुर्‍याइएको छ।

CP Hospital Dhangadhi

त्यसैगरी अन्तर्राष्ट्रियतर्फ पनि मूल्यमा ठूलो वृद्धि गरिएको छ। काठमाडौंमा प्रतिकिलोलिटर ९६६ अमेरिकी डलरबाट बढाएर १७८५ डलर, पोखरामा ८०१ डलरबाट १७३२ डलर तथा भैरहवामा ७८९ डलरबाट १७१६ डलर कायम गरिएको छ।

Attariya Hospital

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आपूर्ति व्यवस्थापनका कारण हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ।

nawajiwan

Advertize US