
Punjab Kings ले Gujarat Titans विरुद्ध जित निकाल्दै Indian Premier League 2026 मा शानदार सुरुआत गरेको छ। चण्डिगढस्थित महाराजा यादाविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पञ्जावले १६३ रनको लक्ष्य १९.१ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।

जितमा Cooper Connolly नायक बने, उनले ४४ बलमा ७२ रनको अर्धशतकीय इनिङ खेले। पबसिम्रन सिंहले ३७ रन जोड्दा कप्तान Shreyas Iyer ले १८ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा १६२ रन बनाएको थियो। कप्तान Shubman Gill ले ३९ रन बनाउँदा Jos Buttler ले ३८ रन जोडे।

पञ्जावका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भए।






























