त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको अनुगमन: यात्रु सास्ती अन्त्य गर्न कडा निर्देशन

Image
Nisarga Hospital

गृहमन्त्री Sudan Gurung ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थलगत अनुगमन गरेका छन्। सर्वसाधारणबाट बारम्बार गुनासो आएपछि उनी साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्।

CP Hospital Dhangadhi

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नदिने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई कडा निर्देशन दिएका छन्। विदेशबाट फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

Attariya Hospital

साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी यात्रुहरूलाई सहज सेवा दिन निर्देशन दिइएको छ। सेवाप्रवाहलाई छिटो, पारदर्शी र मैत्रीपूर्ण बनाउन आवश्यक सुधार गर्न पनि उनले आग्रह गरेका छन्।

nawajiwan

विमानस्थल सेवामा देखिएका समस्या समाधान गर्ने उद्देश्यले गरिएको यस अनुगमनलाई सरकारको सुधारमुखी कदमका रूपमा हेरिएको छ।

Advertize US