भेपमा सुन तस्करी प्रकरण: पूर्वसभामुख महराविरुद्ध ७ करोडभन्दा बढी बिगो दाबी सहित मुद्दा

Image
Nisarga Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उक्त मुद्दामा महरासँगै उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल तथा चार जना विदेशी नागरिकलाई पनि प्रतिवादी बनाइएको छ।

CP Hospital Dhangadhi

अख्तियारले यस प्रकरणमा ७ करोड ७८ लाख रुपैयाँ बिगो दाबी गरेको जनाएको छ। नेकपाका नेता समेत रहेका महराको चिनियाँ नागरिकसँगको सम्बन्ध र सुन तस्करीमा संलग्नता खुलेपछि अनुसन्धान अघि बढाइएको थियो।

२०७९ सालमा भेपको आवरणमा सुन भित्र्याउने प्रयासका क्रममा भन्सार कार्यालयले उक्त गिरोहलाई नियन्त्रणमा लिएको थियो। त्यसपछिको विस्तृत अनुसन्धानबाट महरा र उनका निकट व्यक्तिहरूको संलग्नता पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur