धनगढीमा सामुदायिक विद्यालयको नतिजामा ऐतिहासिक सुधार, ५० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका अन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ को वार्षिक परीक्षामा यस वर्ष ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। ४३ वटा विद्यालयबाट सहभागी २ हजार ५ सयभन्दा बढी विद्यार्थीमध्ये १ हजार २ सय ७३ जना सफल भएका हुन्।

CP Hospital Dhangadhi

पछिल्ला वर्षहरूमा नतिजामा निरन्तर सुधार देखिएको छ। २०७९ मा ९.४७ प्रतिशत मात्र रहेको उत्तीर्ण दर २०८० मा ३०.७९ प्रतिशत, २०८१ मा ४२.१६ प्रतिशत हुँदै यस वर्ष ५० प्रतिशतभन्दा माथि पुगेको हो।

nawajiwan
Attariya Hospital

शिक्षा क्षेत्रमा देखिएको यो प्रगतिलाई स्थानीय तहले सकारात्मक उपलब्धिका रूपमा लिएको छ। विद्यालय व्यवस्थापन, शिक्षकको सक्रियता र शैक्षिक सुधारका कार्यक्रमले नतिजा सुधारमा योगदान पुर्‍याएको बताइएको छ।

धनगढीका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षातर्फ अघि बढ्दै गर्दा आगामी वर्षमा अझ राम्रो नतिजा आउने अपेक्षा गरिएको छ। यस उपलब्धिले सामुदायिक शिक्षामा नयाँ उत्साह थपेको छ।