सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, बजारमा हल्का उतारचढाव

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५४ हजार ७१५ रुपैयाँ पुगेको छ, जुन शुक्रबार २ लाख ५४ हजार ५४५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्य उतारचढावका आधारमा महासंघले दैनिक स्थानीय बिक्री मूल्य तय गर्दै आएको छ। बजार विश्लेषकहरूका अनुसार विश्व बजारको अस्थिरताले मूल्यमा निरन्तर सानो–सानो परिवर्तन देखिँदै आएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur